२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

कांग्रेस माओवादीको सत्ता खेलमा अर्को धक्का, गण्डकीका सांसद कृष्ण थापाको पुनर्वहाली

२३ जेठ, काठमाडौँ । सत्ताको खेलमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका लागि अर्को धक्का भएको छ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएसँगै कांग्रेस र माओवादीको सत्ता मिसनमा अर्को धक्का लागेको हो । सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो । सुविधा र सन्तुलनको हिसालबे अतुलनीय क्षति हुने देखिएकाले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश जारी भएको सर्वोच्चले जनाएको छ ।

प्रकाशित मिति : 16:37