३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

मध्यरातमा महतोको विज्ञप्तिः राष्ट्रिय एकताकै लागि बहुल राज्यको अभिव्यक्ति दिएको दाबी

२३ जेठ, काठमाडाैँ । उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले मध्यरातमा विज्ञप्ति जारी गरी राष्ट्रिय एकताकै लागि बहुल राज्यको अभिव्यक्ति दिएको दाबी गरेका छन । महतोले अभिव्यक्ति बंग्याउन खोजेको भन्दै सञ्चारमाध्यमप्रति पनि खनिएका छन ।

महतोले बोल्ने कुरामा जे बोलेको भए पनि अभियानमा जेमा लागेको भए पनि आफू राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको भन्दै यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने स्पष्ट पार्ने कोशिश गरेका छन ।

महतोको विज्ञप्तिमा भनिएको छ, ‘आफूले संविधानका धारा ३ मा उल्लेख भए बमोजिम बुहजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त भौगोगिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समस्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसाथ गर्दै यो राज्य सबै जात जाती वर्ग समुदाय धर्म, लिङ्गको साझ राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ।’

महतोले अब बहुल राज्य निर्माणको विषय संविधानमा रहेका असन्तुष्टी संबोधान गर्न संशोधनका लागि गठित कार्यदलमा राख्ने बताएका छन ।

प्रकाशित मिति : June 6, 2021 at 7:50 am