२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

‘राज्य बिघटन गर्ने राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीसँग जवाफ माग’

२२ जेठ, काठमाडाैँ । नेकपा एमालेका नेता र केही कारबाहीमा परेकाले संयुक्त विज्ञप्ति जारी गर्दै राज्य बिघटन गर्ने उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीसँग जवाफ मागेका छन । शनिबार एउटा विज्ञप्ति जारी गर्दै  महतोको अभिव्यक्तिमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने जनाएको छ ।

विज्ञप्तिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल लगायत १५ नेताले सहभागीता जनाउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जाना साथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहो-याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ।’

विज्ञप्तिमा अघि भनिएको छ, ‘यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भन्ने व्यवस्थाको विरुद्धमा छ । यो कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुनसक्दैन। उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौँ ।’

प्रकाशित मिति : 21:02