२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

माधव नेपालले आफू निकटका स्थायी कमिटी सदस्यसँग मन्त्रिपरिषद् विस्तारको समिक्षा गर्ने

२२ जेठ, काठमाडाैँ । नेकपा (एमालें)ले साधारण सदस्यता समेत खोसेका माधवकुमार नेपालले आफू निकटका स्थायी कमिटीका सदस्यहरू मन्त्रिपरिषद् विस्तारको छलफल गर्दै हुनुहुन्छ । भर्चुवल माध्यमबाट हुने छलफलमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार र नयाँ पार्टी खोल्ने विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो ।

बैठक अपरान्ह १२ बजेका लागि बोलाइएको छ । यसअघि नेपालले भर्चुअल माध्यमबाट केन्द्रीय कमिटीको बैठक गर्नुभएको थियो । आजको बैठकले नयाँ पार्टी गठन गर्ने की एमालेको वार्तालाई निरन्तरता दिने भन्नेबारेमा ठोस निर्णय गर्नेछ ।

 

प्रकाशित मिति : 11:24