‘ओलीको राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र मन्त्रिपरिषद् हेरफेरमा छताछुल्ल भएको छ’
२२ जेठ, काठमाडाैँ । नेकपा एमालेले साधारण सदस्य समेत खोसेका पूर्व गृहमन्त्री डा भीमबहादुर रावलले मन्त्रिपरिषद् हेरफेरको बिरोध गर्नुभएको छ । उहाँले ट्वीट मार्फत मन्त्रिपरिषद् हेरफेर अाफ्नो पूर्वानुमान अनुसार नै भएको दाबी समेत गर्नुभएको छ । उहाँले शनिबार बिहान एक वक्तव्यसहित रावलले ट्विटरमा भन्नुभएको छ, ‘प्रम केपीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषद्को हेरफेरमा अझ छताछुल्ल भएको छ।’

प्रकाशित मिति : 10:37









