१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

उपकुलपति कोइरालाले अनुमति हैन विदेश जाने जानकारी समेत दिएका थिएनन्ः शिक्षा मन्त्रालय

२५ असार, काठमाडाैँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा विज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश जानुपूर्व तालुक मन्त्रालयबाट अनुमति लिनुपर्नेमा कुनै अनुमति नलिएको जनाएको हो । कोइरालालाई यही असार २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको थियो ।

पढ्नुहोस् मन्त्रालयको विज्ञप्ति ।

प्रकाशित मिति : July 9, 2018 at 8:46 am