राजेन्द्र महताेमाथि लगाम लगाउन याेगेश भट्टराईकाे माग
२१ जेठ, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री याेगेश भट्टराईले उपप्रधानमन्त्रीमा नियुक्त राजेन्द्र महताेकाे बाेलीमा लगाम लगमउन माग गर्नुभएकाे छ । याेगेशले फेसबुकमा लेख्नुभएकाे छ पहिलो र दोश्रो संबिधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु । संबिधानको धारा ३ ले राष्ट्रको परिभासा यसरी गरेको छ “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायु भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।” अर्थात बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो ।
प्रकाशित मिति : 23:36







