किनेरै भएपनि आम नागरिकलाई कोरोनाविरूद्धको खोप उपलव्ध गराउँछुः मन्त्री तामाङ
२१ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना महामारी नियन्त्रण गर्नु नै आफ्नो प्राथमिकता हुने बताउनुभएको छ । उहाँले कोरोनाको महामारीलाई ध्यानमा राखेर प्रधानमन्त्रीले आफूलाई जिम्मेवारी दिएकोले विश्वासमा कमी हुन नदिने बताउनुभयो ।
मन्त्री तामाङले कोरोना महामारी नियन्त्रण नै अहिलेको प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयका हरेक काम पारदर्शी ढंगले पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘कोरोनाको महामारीलाई ध्यानमा राखेर प्रधानमन्त्रीज्यूले यो जिम्मेवारी दिनुभएको छ । यो विश्वास पूरा गर्नैपर्छ । स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच विस्तार गर्ने सस्तोमा र निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउने हाम्रो प्रयास हुनेछ । केही समयका लागि पहिलो दोस्रो र तेस्रो नम्बरको प्राथमिकता कोरोना नियन्त्रण हो । कोरोना नियन्त्रणको प्राथमितका साथ अगाडि बढ्छौं ।’ मन्त्री तामाङले किनेरै भएपनि आम नागरिकलाई खोप उपलव्ध गराउने बताउनुभयो ।
प्रकाशित मिति : 22:46









