नवनियुक्त मन्त्रीको सपथ राति ८ बजे
२१ जेठ, काठमाडाैँ । नवनियुक्त मन्त्रीहरूको सपथ राति ८ बजेका लागि तय भएको छ । राष्ट्रपति कार्यालयका अनुसार राति ८ बजे सपथ गर्ने गरी तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद् हेरफेर गर्दै नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको छ । यसअघि मन्त्रिपरिषद्मा रहेका चार जना बाहेक सबै पदमुक्त भएका छन । जनता समाजवादी पार्टीको राजेन्द्र महतोको नेतृत्वमा १० जनाले सपथ लिँदै छन भने एमालेका पनि उपप्रधानमन्त्रीमा नियुक्त हुनुभएको रघुवीरमहासेठसहित शेरबहादुर तामङले सपथ लिनुहुनेछ ।
प्रकाशित मिति : 18:35









