राजेन्द्र महतो उपप्रधानमन्त्री, जसपाका काे कुन मन्त्री ?
२१ जेठ, काठमाडाैँ । जसपा सरकारमा सहभागी हुने तय भएसँगै मन्त्री हुन जानेको नाम र जिम्मेवारी पनि टुंगिएको छ । जसपाका सहमहामन्त्री डा सुरेन्द्रकुमार झाले संसदीय दलका नेता राजेन्द्र महतो उपप्रधानसहित सहरीविकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी हुने जानकारी दिनुभयो । उहाँहरूले साँझ ६ बजे सपथ लिने तय भएको छ ।
त्यस्तै शरदसिंह भण्डारी ऊर्जा, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, श्रम , रोजगार, तथा सामाजिक सुरक्षा विमल श्रीवास्तव, वन तथा वातावरण उमाशंकर अरगरिया, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक चन्दा चौधरी, युवा तथा खेलकूद एकवाल मिया र चन्द्रकान्त चौधरी उर्जाराज्य मन्त्री रहेका छन ।
प्रकाशित मिति : 17:19









