नेपाललाई भ्याक्सिन दिने अमेरिकी निर्णयको प्रधानमन्त्री ओलीद्धारा स्वागत
२० जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कोरोनाविरूद्धको भ्याक्सिन उपलब्ध गराउने अमेरिकी सरकारको निर्णयको स्वागत गर्नुभएको छ । उहाँले केहीबेर अघि ट्वीट मार्फत भन्नुभएको छ ‘हामी नेपाललाई COVID-19 खोप दिने अमेरिकी निर्णयलाई स्वागत गर्दछौँ ।’
उहाँले अमेरिकी सरकारप्रति नेपाली जनता आभारी रहेको बताउँदै यस सहयोगले नेपाल र अमेरिकाको मित्रताको पुनः पुष्टि गरेको बताउनुभएको छ ।
प्रकाशित मिति : 22:09









