माधव नेपालको भेलामा सहभागी नहुन एमालेको अपिल
२० जेठ, काठमाडाैँ । नेकपा (एमाले)का केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीले साधारण सदस्यता समेत खोसेका व्यक्तिले गरेको बैठकमा सहभागी नहुन अपिल गर्नुभएको छ । एक विज्ञप्ति जारी गर्दै सचिव तामाङले यस्ता भेलामा सहभागी नहुन अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु ।’

प्रकाशित मिति : 08:46









