दोस्रो तहका नेताले साथ छाडेपछि तेस्रो तहका नेताको साहानुभूति लिँदै माधव नेपाल
१९ जेठ, काठमाडाैँ । नेकपा एमालेले साधार सदस्य समेत नरहनेगरी कारबाही गरेका माधवकुमार नेपालले दोस्रो तहका नेताले साग छाडेपछि तेस्रो तहका नेताको साहानुभूति लिन खोज्नुभएको छ । स्थायी कमिटीमा रहेका प्रभावशाली र जनाधार भएका नेताहरूले नै नेपालको अडान अस्वीकार गर्न थालेपछि तेस्रो तहका नेताको साथ लिने निष्कर्षमा नेपाल पुग्नुभएको हो ।
नेपालले बिहीबार केन्द्रीय कमिटीमा रहेका अाफ्ना समूहका नेतासँग छलफल गर्ने हुनुभएको छ । नेपालका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार बिहीबार बिहान ११ बजे भर्चुवल रूपमा नेपालले नेताहरूको राय लिनुहुनेछ । पार्टी जेठ २ मा फर्किने भएपछि एमालेमै फर्किन दोस्रोतहका प्रभावशाली नेताहरू सहमत देखिएपछि नेपालले केन्द्रीय सदस्यहरूको साहानुभूति खोज्नुभएको हो ।
प्रकाशित मिति : 21:38









