२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

देउवालाई आदर्श मानेर अघि बढेका माधव नेपालले भने, ‘ओलीसँग अलमलिनुको अर्थ छैन’

१९ जेठ, काठमाडौँ । अनैतिक र अराजनीतिक गतिबिधिमा संलग्न भएको अभियोगमा नेकपा एमालेले साधारण सदस्य समेत खोसेको माधवकुमार नेपालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अलमलिनुको कुनै अर्थ नगरेको बताउनुभएको छ ।

बुधबार आफ्नो समूह निकट रहेका जनवर्गीय संगठनमा आवद्ध रहेका नेताहरुसँगको  भुर्चअल बैठकमा नेपालले अझै ओलीसँग अलमलिएर समय खेर फाल्न नहुने बताउनुभयो । छलफलमा सहभागी एक नेताका अनुसार नेपालले भन्नुभयो ‘अहिले परिस्थिति केही प्रतिकूल हुने देखेर वार्ता सुरु गर्न खोजिएको हो,’ नेता नेपालले भने ‘राजावादी र भारतको इशारामा गतिविधि गरिरहेका ओलीलाई कांग्रेस, माओवादीसहित हामीले सञ्चालन गरेका गतिविधिले अप्ठ्यारो परेपछि वार्ता गरौं भनेर आएका हुन्।’

नेपालले विगतमा पनि अध्यक्ष ओलीले यस्तै गर्ने गरेका प्रसंगहरु बताउँदै आफू निकट भनिएका कतिपय नेताहरूको व्यवहारका विषयमा समेत असन्तुष्टि जनाउनुभएको थियो । आफ्ना केहीका लागि नियुक्ति दिलाउन नसकेपछि ओलीप्रति कुण्ठित हुँदै पार्टी भित्र चर्को गुटबन्दीमा रमाउनु भएका उहाँ पछिल्लो केही साता यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आदर्श पात्र मान्दै एमालेको सरकार ढालेर प्रधानमन्त्रीमा प्रस्ताव गरेर राष्ट्रपतिकोमा समावेदन दिन र सर्वोच्च अदालतमा रिट निवेदन दिन पुग्नुभएको छ ।

देउवा संसद राजाको पाउमा चढाउने नेता हुनुहुन्छ भने नेपाल प्रधानमन्त्री हुन पाउँ भनेर राजाको पाउमा दाम चढाउने नेता हुनुहुन्छ ।

प्रकाशित मिति : 20:02