महन्थ र उपन्द्रलाई निर्वाचन आयोगले भन्याेः कारवाही पुष्टि हुने आधार देखिएन
१९ जेठ, काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई पार्टीबाट निष्कासन गरेको कारवाहीलाई मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात मागेको छ । आयोगले जसपाका दुवै अध्यक्षले पठाएको कारवाहीसम्बन्धी पत्रको नियमावली अनुसूचीकाे ढाँचाअनुसार नमिलेको बताएको छ । आयोगले दुवै अध्यक्षलाई बुधबार पत्राचार गर्दै मंगलबार दुवै पक्षले पेस गरेका कारवाहीको वैधानिकता पुष्टि नहुने ठहर गरेको छ । यसअघि कारवाही सम्बन्धी आयोगमा पठाइएको पत्र राजनीतिक दलसम्बन्धी नियमावलीको ढाँचा अनुसार नभएकाले बदर गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका जानकारी दिनुभयाे ।
प्रकाशित मिति : 17:17









