एमाले स्थायी कमिटी बैठक स्थगित
१९ जेठ, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बस्ने भनिएकाे स्थायी कमिटी बैठक नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेकाे छलफछ निष्कर्षमा पुग्ने क्रममा रहेकाले स्थगित भएकाे हाे । बैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाले जानकारी दिनुभयाे । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकता जोगाउनका लागि नेतृत्व तहले लचकता अपनाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति : 15:31









