एमाले स्थायी कमिटी बैठक बस्दै
१९ जेठ, काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयाे। आजको बैठकमा पार्टी एकता कसरी जोगाउने भन्ने बिषयमा केन्द्रित भएर छलफल हुने तामाङले बताउनुभयाे । मंगलबारकाे स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना र एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको थियाे ।
प्रकाशित मिति : 11:10









