२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

चिनियाँ खोप काठमाडाैँ आइपुगेपछि रामकुमारीको आक्रोशः यो सब राष्ट्रपतिको प्रपञ्च हो

१८ जेठ, काठमाडाैँ । नेकपा (एमाले)ले साधारण सदस्य समेत खोसेको नेतृ रामकुमारी झाँक्रीले  चिनियाँ खोप काठमाडाैँ आइपुगेपछि आक्रोशपूर्ण टिप्पणी सामाजिक सञ्जालमा गरेकी छिन । उनले खोप ल्याउने नाममा राष्ट्रपतिले धुमिल भएको छवि बचाउने प्रपन्च गरेको बताएकी छिन ।

सामाजिक सञ्जाल मार्फत उनले भनेकी छिन ‘हाम्रो देशको राष्ट्रपति संस्था संबिधानको संरक्षक र कानूनको परिपालक हो। उसका सम्पूर्ण क्रियाकलापलाई संबिधानले सिमित गरेको छ। त्यसकारण लोकरिझाइँको लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने होईन, त्यो काम त कार्यकारीको हो। यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होईन? कि धुमिल भएको छवि बचाउने प्रपन्च हो? प्रतिगमन पटक पटक भोगेकै छौ नि होईन ?’

प्रकाशित मिति : 21:36