२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

अन्तिमसम्म एकता बचाउन प्रयास गर्ने एमाले स्थायी कमिटीकाे निर्णय

१८ जेठ, काठमाडाैँ । नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मंगलबार बसेको स्थायी कमिटी बैठकमा पार्टी एकता बचाउन भैरहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ’।

त्यस्तै बैठकमा प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसमाथि समिक्षा भएको छ । साथै बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनको समेत बैठकमा समिक्षा भएको छ । प्रवक्ता ज्ञवालीले बैठकमा स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे बैठकको एजेण्डा नै नभएको जानकारी दिनुभयाे । उहाँले एमाले वार्ताका लागि गठित कार्यदल अस्तित्वमा नरहेको भन्दै आवश्यक परे कार्यदललाई पुनर्गठन गर्न सकिने जानकारी दिनुभयाे ।

प्रकाशित मिति : 14:40