२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

लुम्बिनी प्रदेश उपनिर्वाचनः काँग्रेसका दृगनारायण पाण्डे विजयी

१७ जेठ, काठमाडाैँ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएकाे छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएकाे हाे । पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाउनुभएकाे छ भने खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाउनुभएकाे छ ।

यस्तै प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । पाण्डे हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गर्नुभएकाे थियाे । उहाँ माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बन्नुभएकाे थियाे । खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो ।

प्रकाशित मिति : 16:27