२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

जसपा ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने

१७ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टीका नेताबीचकाे भेटवार्ता सकिएको छ । बिहान १० बजेदेखि दिउँसाे २ बजेसम्म चलेको बैठकमाएमालेबाट प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङ सहभागी हुनुभएकाे थियाे । यस्तै, समाजवादी पार्टीका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतको सहभागीता रहेकाे थियाे ।

बैठकमा जसपाले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरि समझदारी भएको स्राेतले बतायाे । जसपा सरकारमा सहभागी हुन तयार रहे पनि एक-दुई दिन अझै समय लाग्ने बताइएकाे छ ।

 

प्रकाशित मिति : 15:42