महामारीका बेला कर्मचारीसँग ‘सरकारलाई सहयोग नगर’ भनेर अपिल गर्नु आपत्तिजनकः नेता रिजाल
१७ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का नेता विष्णु रिजालले महामारीका बेला कर्मचारीसँग ‘सरकारलाई सहयोग नगर’ भनेर अपिल गर्नु आपत्तिजनक विषय भएको बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले यस्तो बताउनुभएको हो ।
एमालेले सधारण सदस्य समेत खोसेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहिता पाँच नेताले हिजो एक अपिल सार्वजनिक गर्दै सरकारलाई सहयोग नगर्न अपिल गरको विषयमा ध्यानाकर्षण गराउनुहुँदै उहाँले भन्नुभएको छ ‘प्रधानमन्त्री भएर देश चलाइसकेका र फेरि तीब्र प्रयास गरिरहेका नेताहरुले महामारीका बेला कर्मचारीसँग ‘सरकारलाई सहयोग नगर’ भनेर अपिल गर्नु आपत्तिजनक छ । सन् ७० को दशकमा भारतमा जयप्रकाश नारायणले यस्तै गैरजिम्मेवार आह्वान गर्दा प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाउने वातावरण बनेको इतिहास हाम्रो नजिकै छ ।’
यस्तो छ रिजालको टिप्पणी
विपक्षी गठबन्धनले सरकार बनाएछ भने कर्मचारीतन्त्रसहित सिंगो राज्य संयन्त्र त्यही सरकारको मातहतमा आइहाल्छ । प्रधानमन्त्री भएर देश चलाइसकेका र फेरि तीब्र प्रयास गरिरहेका नेताहरुले महामारीका बेला कर्मचारीसँग ‘सरकारलाई सहयोग नगर’ भनेर अपिल गर्नु आपत्तिजनक छ । सन् ७० को दशकमा भारतमा जयप्रकाश नारायणले यस्तै गैरजिम्मेवार आह्वान गर्दा प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाउने वातावरण बनेको इतिहास हाम्रो नजिकै छ ।
राजनीतिक प्रक्रिया आफ्नो ठाउँमा छ, राजनीतिज्ञहरुले राजनीतिमाथिको नियन्त्रण गुमाएपछि मुद्दा अदालतमा विचाराधीन छ । जे निर्णय हुन्छ, मान्नु छँदैछ । तर, राज्य महामारीसँग जुधिरहेका बेला सबै मिलेर सहयोग गर्नुपर्नेमा यस्तो आह्वान गर्नुले राम्रो संकेत गरेको छैन । देश चलाइसकेका नेताहरुले राज्य र सरकारबीचको फरक छुट्याउन नसक्नुलाई विडम्बना मान्नुपर्छ ।
प्रकाशित मिति : 08:13









