२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

यी १२ नेता जसको आजबाट नेकपा (एमाले)को राजनीति सकिदैछ

१५ जेठ, काठमाडाैँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले थप १२ नेतामाथि कारबाही गर्ने भएको छ । कारबाहीका लागि नै एमालेले साँझ प्रधानमन्त्री निवास वालुवाटारमा स्थायी कमिटीको बैठक बोलाएको छ । आजको बैठकमा १२ जना सांसदकाे कारबाहीबारे छलफल हुने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

 बैठकले विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई पार्टीका सम्पस्र्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गर्ने अनुमान गरिएको छ । यसअघि सोही कसुरमा ११ नेता कारबाही परेका थिए । उनीहरू माथिको कसुर एकै भएकाले कारबाही पनि एकै प्रकारको हुन बुझिएको छ । उनीहरूले स्पष्टिकरण बुझाएका छैनन् ।

प्रकाशित मिति : 14:10