ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक
१६ जेठ, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाउनु भएकाे छ । स्थायी कमिटी बैठक आज बेलुकी ५ बजे बस्ने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयाे। आजको बैठकमा १२ जना सांसदकाे कारबाहीबारे छलफल हुन सक्ने बताइएको छ ।
प्रकाशित मिति : 12:44









