२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

माधव नेपाल फेरि देउवा निवासमा, विपक्षीहरूसँग बसेर लोकप्रिय बजेटको समिक्षा गर्दै

१६ जेठ, काठमाडाैँ । माधवकुमार नेपाल फेरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुग्नुभएको छ । विपक्षी दलका शीर्ष नेताहरूसँग सरकारले शनिबार सार्वजनिक गरेको बजेटको समिक्षा गर्न नेपालसहितका नेता देउवा निवास पुग्नुभएको हो । छलफमा सभापति देउवा, नेपाल र एमालेका पूर्व नेता भीम रावल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवलगायत  रहनुभएको छ ।

देउवालाई प्रधानमन्त्रीको कु्सीमा बिराजमान गराइपाउँ भन्दै सर्वोच्चमा रिट हाल्नुभएका नेताहरूले नयाँ सरकारले पूर्ण बजेट ल्याउने भएकाले अहिले नल्याउन अनुरोध गर्नुभएको थियो । उहाँहरूले मुद्दा सर्वोच्चमा बिचाराधिन रहेको छ । आज पनि संवैधानिक इजलाशमा सुनुवाइ हुँदैछ । भेलामा सरकारले लोकप्रिय बजेट ल्याएर सबैको मुख थुन्ने कोशिश गरेको भन्दै  अगाडि बढ्ने रणनीति तय गर्ने विषयमा पनि छलफल हुने नेपाली कांग्रेसका एक नेताले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 10:29