घनश्यामलाई शंकरको जवाफः ओलीको नेतृत्वलाई अस्विकार गर्न खोजे ‘खिलराज रेग्मी’ जन्मिन्छन
१५ जेठ, काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले घनश्याम भुसाललाई कडा जवाफ दिनुभएको छ । शनिबार मात्रै भुसालले कांग्रेस सभापति शेरबहादुर देउवालालाई हस्ताक्षर बिक्री गरेको विषयमा स्पष्टिकरण दिँदै नयाँ खिलराज रेग्मीको जन्म गराउने खेल भैरहेको बताउनुभएको थियो ।
त्यसकै जवाफ स्वरूप केहीबेर अघि पोखरेलले ओलीको नेतृत्वलाई अस्विकार गर्न खोजे ‘खिलराज रेग्मी’ पनि जन्मिन सक्ने बताउनुभएको हो । उहाँले भन्नुभएको छ ‘संविधानतः मध्यावधिमा जादा ओलीको नेतृत्वलाई अस्विकार गर्न खोज्दा हो ‘खिलराज रेग्मी’ जन्मिने । अन्यथा जननिर्वाचित नेतृत्व रहन्छ नै ।’
प्रकाशित मिति : 14:58









