राजसंस्थासहितको प्रजातन्त्र पुनस्थापनाबारे पुनर्विचार गराैँः अध्यक्ष थापा
१५ जेठ, काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले राजसंस्था हटाउदा भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको आरोप लगाउनु भएको छ । अध्यक्ष थापाले देश र जनता बलियो नभएको समेत टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरबाट अध्यक्ष थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापना वारे पुनर्विचार गर्न समेत माग गरेका छन् ।
अध्यक्ष थापाले भन्नुभएको छ ‘१३ बर्ष अघि राष्ट्रियतारएकताको प्रतिक राजसंस्था पाखालगाई गणतन्त्र घोषणा गरिएको थियो।राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्। बरू भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ। राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापना वारे पुनर्विचार गरौँ।’
प्रकाशित मिति : 08:38







