२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

प्रतिनिधिसभा पुनःस्थापना भएपनि बहुमत ओलीकै हुन्छः अध्यक्ष थापा

१४ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा पुनःस्थापना भएपनि पुनः केपी शर्मा ओलीकै बहुमत हुने बताउनुभएको छ । शुक्रबार साँझ सामाजिक सञ्जाल मार्फत अध्यक्ष थापाले माधवकुमार नेपालहरूको सांसद पद जाने र संसदमा पुनः एमालेकै नेतृवमा बहुमत हुने उल्लेख गर्नुभएको छ ।

उहाँले अहिलेको अवस्थामा छिटो भन्दा छिटो ओली हटाउने उपाय भनेको चुनाव नै रहेको बताउनुभएको छ । थापाले भन्नुभएको छ‘ओली हटाउने सजिलो, छिटो र प्रजातान्त्रिक उपाय चुनाव छाडेर अदालत जानेहरूले बुझ्नुपर्छ,संसद पुनर्स्थापना भएमा पुनस्ओली नै प्रम हुन्छन्।यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ। संसद पुनर्स्थापना भएपछि एमालेको माधवर खनाल समुहका वागी सांसदहरू पदमुक्त हुनु अवश्यंभावि छ। त्यस अवस्थामा एमाले र महन्थ ठाकुर समुहको गठवन्धन संसदमा बहुमतमा रहने छ।’

अध्यक्ष थापाले अघि उल्लेख गर्नुभएको छ ‘चुनाव नै देशमा हाल विद्यमान संकट समाधानको उपयुक्त विकल्प हो भन्दा केपी ओलीको पक्ष लिएको अर्थ लगाईन्छ।तर,ओलीले देश वर्वाद पारे, संविधान र लोकतन्त्र समाप्त पारे भनेर चर्को विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा लागेका छन्।यस अघि पनि यस्तै भयो।अब पनि त्यहि हुन्छ।’

प्रकाशित मिति : 19:59