२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

सुदूरपश्चिम प्रदेशका तीन मन्त्री साधारण सदस्य समेत नरहने गरी एमालेबाट निष्कासित

१४ जेठ, काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

प्रदेश अध्यक्ष कर्णबहादुर थापाले स्थायी कमिटी बैठकको निर्देशन नमानेकाे र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको  बताउनुभयाे ।

संसदीय दलका नेता समेत रहनुभएका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट निष्कासित हुनुभएकाे हाे । यद्यपी माधव नेपाल पक्षमा विवाद भएपछि कृष्ण सुवेदी र माया भट्ट आज विस्तारित मन्त्रिपरिषदमा पर्नुभएकाे छैन ।

प्रकाशित मिति : 19:01