आवश्यक परेमा स्वास्थ्य संकटकाल लगाइन्छः प्रधानमन्त्री ओली
१४ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आवश्यक परेमा स्वास्थ्य संकटकाल लगाउन सकिने बताउनुभएको छ । उहाँले कोरोना संक्रमणलाई मध्य नजर गर्दै स्वास्थ्य उपचारका लागि कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरिएको जानकारी दिनुभयो ।
प्रधानन्त्रीले वीर अस्पताललाई कोभिड युनिफाईड केन्द्रीय अस्पताल तोकिएकाले यहाँबाट कोभिड विरामीहरुले स्क्रेनिङ डाइगोनिस्टिक गरिने बताउनुभयो । उहाँले वीर अस्पतालले जुनसुकै अस्पताललाई कोभिड उपचारमा समन्वयत्म ढंगले परिचालन गर्ने बताउनुभयो ।
ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताउनुभएको हो ।
खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको उल्लेख गर्दै उहाँले यपसमा विश्वव्यापी सहकार्यमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले महामारी रोकथाम तथा नियन्त्रणका लागि एकीकृत र समन्वयात्मक र समग्र राष्ट्रिय नीति आवश्यक पर्ने जनाउँदै जारी निषेधाज्ञा जनताको जीवन सुरक्षाकै लागि भएको स्पष्ट गर्नुभयो । उहाँले बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि आक्रमणमाथि कडा कारबाही गरिने पनि स्पष्ट गर्नुभयो ।
प्रकाशित मिति : 17:07









