२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

निर्वाचनका लागि सबै दलहरु सरकारमा सहभागी बन्नोसः प्रधानमन्त्री ओली

१४ जेठ, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन सफल पार्नका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएकाे छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उहाले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएकाे हाे । उहाँले प्रतिनिधिसभा बिघटन संबैधानिक बाध्यता रहेको भन्दै निश्पक्ष निर्वाचन गराउने प्रतिवद्धता जनाउनुभएकाे हाे ।  प्रधानमन्त्री ओलीले भन्नरभयाे, ‘मैले भनेको छु, सरकारले निर्वाचन निश्पक्ष गराउँछ, निर्वाचनका लागि सबै दलहरु सरकारमा सहभागी बन्नोस,’ ।

प्रकाशित मिति : May 28, 2021 at 4:50 pm