२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

नेकपा (एमाले) ले सुदूरपश्चिमका ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

१३ जेठ, धनगढी ।  नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेका ३ जना मन्त्रीसँग २४ घण्टे स्पष्टीकरण सोध्नु भएको छ । पटक पटक पार्टीका निर्णयको अवज्ञा, पार्टी एकता विरूद्ध र विखण्डनको पक्षपोषण गरेकोले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो । प्रदेश कमिटीले २४ घण्टाभित्र आफ्नो लिखित स्पष्टिकरण पार्टी प्रदेश कमिटीका अध्यक्ष समक्ष पेश गर्न निर्देशन दिएको छ ।

यदि तोकिएको समयमा स्पष्टिकरण  नआएमा पार्टीको विधान २०४९(संशोधन २०७१ समेत) को धारा ४९(ख) बमोजिम कार्वाही हुने स्पष्टीकरण पत्रमा उल्लेख छ । यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरुलाई  निर्देशन दिएको थियो ।

 

शन दिएको थियो ।

प्रकाशित मिति : 15:51