१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा

१३ जेठ, पेरिस । दसानोफी र ग्लाक्सोस्मिथक्लाइनले बिकास गरेको कोभिड–१९ विरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण शुरु गर्न लागेको कम्पनीले जनाएको छ । केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि संयुक्तराज्य अमेरिका, एसिया, अफ्रिका र दक्षिण अमेरिकाका ३५ हजार वयस्क व्यक्तिलाई छनौट गरिएको छ । कम्पनीका अनुसार यस अध्ययनमा खोपको प्रभावकारिता अध्ययन गरिने छ । साथै कोभिड–१९ का नयाँ स्वरुप (भेरिएन्ट) मा यस खोपले काम गर्न सक्छ वा सक्दैन भन्ने पनि अध्ययन गरिने छ । खोप परीक्षण सफल भए यसै वर्षको अन्त्यसम्ममा खोपलाई नियामक निकायले आमप्रयोगका लागि अनुमति दिने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार १५:१३