नेकपा एमालेले घनश्याम भुसालसहित १२ निर्वतमान सांसदलाई स्पष्टीकरण पत्र पठाउँदै
१२ जेठ, काठमाडाैँ । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने १२ जना निर्वतमान सांसदलाई आज स्पष्टीकरण पत्र पठाउने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले १२ घण्टाको समय दिएर स्पष्टीकरण पत्र काट्न लागेको जानकारी दिनुभयो । सोमबार बसेको स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधव नेपालसहितका ११ जना नेताहरुलाई पार्टीको साधरण सदस्य समेत नरहने गरि निष्कासन गरेको थियो । भने थप १२ जनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
नेताहरु घनश्याम भुसाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालाई एमालेले स्पष्टीकरण पत्र पठाउन लागेको हो ।
प्रकाशित मिति : 14:05









