एमाले र कम्युनिस्ट आन्दोलन नयाँ ढंगले अघि बढ्छ: उपप्रधानमन्त्री पाेखरेल
११ जेठ, काठमाडौँ । नेकपा (एमाले)का महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पाेखरेलले कम्युनिस्ट आन्दोलन नयाँ ढंगले अघि बढाउने बताउनुभएकाे छ । प्रेस चाैतारी नेपालका अगुवाहरुसँगकाे छलफलमा मंगलबार उपप्रधानमन्त्री पाेखरेलले अब कम्युनिस्ट आन्दोलन र एमाले नयाँ ढंगले अघि बढ्ने बताउनुभयाे ।
उपप्रधानमन्त्री पाेखरेलले पार्टी एकताकाे समयमा प्रवेश गरेकाे विषक्तताकाे केही नेतालाई प्रभावित गराएकाे भन्दै आफ्ना पार्टीका नेताकाे विरुद्धमा विपक्षीलाई हस्ताक्षर बुझाउने कुकृत्य भएकाे बताउनुभयाे । ढाडमा टेकेर टाउकाेका हान्न माहिर प्रचण्ड र लाेभ, कुण्ठा र ईष्याले भरिएका माधवकुमार नेपालकाे दाेस्तीले पार्टीमा विभाजन देखा परेकाे बताउँदै उहाँले अब कम्युनिस्ट आन्दोलन नयाँ ढंगबाट अघि बढ्ने स्पष्ट पार्नुभयाे ।
प्रकाशित मिति : 16:14









