आफूले छरेको भ्रमको भण्डाफोर भएपछि भीम रावलले हटाए ट्वीट
११ जेठ, काठमाडाैँ । नेकपा एमालेका पूर्व नेता डा भीमबहादुर रावलले छरेको भ्रमको भण्डाफोर भएको छ । आफूले छरेको भ्रमको भण्डाफोर भएपछि रावले भ्रम छर्नका लागि लेखेको ट्वीट समेत मेट्नु (डिलिट) भएको छ। उहाँले पुरानो समाचारले अाफू प्रभावित भएको भन्दै समाचारमाथि दोष थोपर्ने कोशिश गर्नुभएको छ ।
ट्वीटको सम्बन्धमा रावलले भ्रमपूर्ण दाबी गरेको भन्दै दैनिकीले समाचार प्रकाशन गरेको थियो । हजाराैँ नागरिकले रावलको ट्वीटको निन्दा गरेका थिए । रावलले यस्तो भ्रम छर्नुभएको थियो ‘विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्रम केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि?नेपाली जनतालाई जवाफ चाहियो । सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं !’
प्रकाशित मिति : 11:54









