वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागिसक्योः भीम रावल
१० जेठ, काठमाडाैँ । नेकपा (एमाले)का पूर्व नेता डा भीमबहादुर रावलले वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको बताउनुभएको छ । सोमबार ट्वीट गर्दै उहँँले सरकराले नागरिकता अध्यादेश ल्याएसँगै वीरगञ्जमा भारतीयको भिड लागेको बतउनुभएको हो ।
डा रावलले भन्नुभएको छ ‘विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो।प्रमं केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि?नेपाली जनतालाई जवाफ चाहियो।सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं!’
रावलले यस्तो दाबी गरे पनि वीरगञ्जमा निषेधाज्ञा रहेको र अहिले त्यसप्रकारको काम नभएको त्यहाँबाट पत्रकार राजन रौनियारले जानकारी दिनुभयो । अध्यादेश आइबार साँझ जारी भएकाले त्यो राजपत्रमा प्रकाशित गरेर जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गरेपछि मात्र नागरिकता दिन सम्भव हुन्छ । तर रावलले आजै नागरिकता लिनेको भीड लागेको र सबै भारतबाट आएको भनेर हावादारी दाबी गर्नुभएको छ ।

प्रकाशित मिति : 20:12









