२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

घनश्याम र सुरेन्द्रसहित थप १२ नेतामाथि कारबाही गर्ने एमालेको निर्णय (सूचीसहित)

१० जेठ, काठमाडाैँ । नेकपा (एमाले)ले थप १२ नेता माथि स्पष्टिकरण सोधेको छ । पार्टीको गतिबिधिमा सहभागी नहुने तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षर गरेर सर्वोच्च अदालतसम्म पुगेपछि एमालेले थप १२ नेतामाथि कारबाही अघि बढाएको हो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको नेकपा एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । स्थायी कमिटीले उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने र जवाफ चित्त बुझ्दो नभए बर्खास्त (निस्कासन) गर्ने निर्णय गरेको छ ।

स्पष्टिकरण सोधिएकाहरू

१. घनश्याम भुसाल

२. सुरेन्द्र पाण्डे

३. नारायण खतिवडा

४. साेमप्रसाद पाण्डे

५ .कृष्णलाल महर्जन

६ .झपट रावल

७. भवानीप्रसाद खापुङ

८. यज्ञ सुनुवार

९. विराेध खतिवडा

१०.मेटमणि चौधरी

११ .दीपकप्रकाश भट्ट

१२. जीवनराम श्रेष्ठ

तस्बीरमा क्रमशः घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, बिरोध खतिवडा, जीवनराम श्रेष्ठ, झपट रावल, मेटमणि चाैधरी, नारायण खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, यज्ञराज सुनुवार र दीपक भट्ट ।

प्रकाशित मिति : May 24, 2021 at 7:37 pm