२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

नुवाकोटका नारायण खतिवडा सुरेन्द्र पाण्डेसँगै कांग्रेसको अभियानमा

१० जेठ, नुवाकोट । एमालेका पूर्व सांसद एंव एमाले नुवाकोटका पूर्व अध्यक्ष नारायण खतिवडा सुरेन्द्र पाण्डेसँगै कांग्रेसको अभियानमा लाग्नुभएको छ । प्रधानमन्त्रीको कुर्सी माग्दै सर्वोच्चमा परेको रिटमा नेपाली कांग्रेसको नेतृत्वमा खतिवडामा पनि सहभागि हुनुभएको छ ।

यसअघि एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी एकता बलियो बनाउने भन्दै आफू कांग्रेसको पछि नलाग्ने बताउनुभएको थियो । पाण्डेसँग निकट रहनुभएका खतिवडा पनि त्यही लयमा पार्टी एकता बलियो बनाउनुपर्छ भन्ने लयमा हुनुहुन्थ्यो तर आइतबार ४ बजेतिर कोटको खल्तीमा नागरिकता हालेर काठमाडौँ हिड्नुभएको खतिवडाले सोमबार देउवालाइ प्रधानमन्त्री बनाइदिनुपर्यो भन्ने पत्रमा हस्ताक्षर गरेर सर्वोच्चमा दर्ता भएको रिटमा सहभागिता जनाउनुभएको छ ।

प्रकाशित मिति : 18:37