एमाले स्थायी कमिटी बैठक जारी, कांग्रेसतिर लागेका नेतालाई कारबाही गरिदैँ
१० जेठ, काठमाडाैँ । नेकपा एमाले स्थायी कमिटीको बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति बारेमा छलफल गर्ने बताइएकाे छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव नेपाल पक्षका नेतहरूमाथि कार्वाहीको एजेण्डामा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
शनिवार स्थायी कमिटी बैठकले नेपाल पक्षका ११ जनालाई कारवाही गर्ने तयारी गरेको थियो । यसअघि गत चैत्र महिनाका ६ महिनाका लागि निलम्बन गरिएका माधव नेपालसहित ४ नेताको कारवाही केही दिन पहिले फुकुवा गरिएको थियो । गुटगत क्रियाकलाप जारी राखेको तथा पार्टी हितविपरीत काम गरेको भन्दै नेपाल पक्षका नेताहरूमाथि कारवाहीको तयारी रहेको स्रोतले बतायो ।
प्रकाशित मिति : 17:58









