२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

देउवाका लागि कुर्सी माग्दै माधव नेपालसहित १४६ नेता सर्वोच्च अदालतमा

१० जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सीमा राखिदिनुपर्नेल लिएर माधवकुमार नेपालसहित १४६ नेताहरू सर्वोच्च अदालतको शरणमा परेका छन । सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालसहित सर्वोच्च अदालत पुगेर रिट दायर गर्नुभएको हो ।

यसअघि राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीमा दाबी गर्दै दुरूपयोग भएको तीन हस्ताक्षरको भने सनाखत भएन । एमालेका नेताहरू गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेल हस्ताक्षर सनाखतमा सहभागी हुनुभएन । यसअघि योगेश भट्टराइले हस्ताक्षर दिन अस्वीकार गर्नभएको थियो । माधव नेपालले आफू प्रधानमन्त्री हुन्छु भनेर हस्ताक्षर मागेर कांग्रेस सभापति देउवालाइ बेचेको आरोप नेताहरूले लगाएका छन ।

प्रकाशित मिति : 16:41