२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

गणेश पहाडी र पवित्रा निराैलाको हस्ताक्षर पनि कीर्ते गरेको पुष्टि, सनाखत भएन

१० जेठ, काठमाडौँ । माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि आफू निकटका नेताको हस्ताक्षर दुरूपयोग गरेको थप पुष्टि भएको छ । एमालेका नेताहरू गणेश पहाडी र पवित्रा निरौला खरेलले सोमबार सनाखत गर्ने कार्यक्रममा सहभागी नभएर हस्ताक्षर कीर्ति भएको प्रमाणित गराउनुभएको छ।

स्रोतका अनुसार उहाँहरूले माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्ने प्रयोजनका लागि हस्ताक्षर मागेर देउवाका लागि प्रयोग गरेको भन्दै आपत्ति प्रकाट गर्नुभएको छ । यसअघि लोकप्रिय नेता गोकर्ण विष्टले आफ्नो हस्ताक्षर दुरूपयोग भएकोमा असन्तुष्टि जनाउनुभएको थियो भने योगेश भट्टराइले सार्वजनिक रूपमै टिप्पणी गर्दै आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको थियो ।

एमालेमाथि गद्दारी गरेको अभियोग लागेका नेपालका नजिकका प्रभावशाली नेताको साथ गुमाउनेक्रम जारी रहेको छ । योसँगै विघटित प्रतिनिधिसभामा माधव नेपाल पक्षमा भनिएका सांसद अब समानुपातिक सहित जम्मा २३ जनामा सीमित भएको छ । १२१ सांसद भएको एमालेमा तीन वर्षदेखि रोइकराइ गरेर गुटबन्दी गर्दा पनि माधवकुमार नेपालले २३ जना भन्दा बढीलाइ संगठित गराउन नसकेको देखिएको छ ।

प्रकाशित मिति : 15:03