नगारिकता सम्बन्धी अध्यादेश संविधानको कार्यान्वयनः मुख्यमन्त्री पोखरेल
१० जेठ, काठमाडाैँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नागरिकता सम्बन्धी अध्यादेशमा संविधान भन्दा बाहिरको कुनै पनि कुरा नरहेको बताउनुभएको छ । समाजिक सञ्जालमा अध्यादेशका नाममा धेरैले आलोचनात्मक टिप्पणी गरेपछि मुख्यमन्त्री पोखरेलले फेसबुक मार्फत भन्नुभएको छ ‘संविधानमा जे ब्यवस्था गरियको छ त्यो नै अध्यादेशमा समावेस छ । विरोध गर्ने भए संवैधानिक प्रावधानको गरौ । संबिधान कार्यान्वयन गरनु त सबैको कर्तब्य हो ।’
प्रकाशित मिति : 09:14









