२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

प्रजातन्त्रवादी भन्ने कांग्रेस पनि प्रचण्डपथमा लागे छः प्रधानमन्त्री ओली

९ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातान्त्रिक भनेर नारा लगाउने नेपाली कांग्रेस पनि प्रचण्डपथमा लागेको भन्दै आश्चर्य प्रकट गर्नुभएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस चौतारी नेपालका अगुवा कार्यकर्ताको भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसको चरित्र देखेर दया लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रजातान्त्रवादी भन्ने कांग्रेस पनि प्रचण्डपथमा लागेको जस्तो लाग्छ । कांग्रेसले सामान्य अवस्थामा त यस्तो निर्णय गरेको हैन । उत्तेजना र आवेशमा आएर प्रचण्डपथमा हिडेँको जस्तो छ ।’ उहाँले एमालेभित्र डस्बिनमा हाल्नुपर्ने फोहोर समेत टिपेर हिडेको भन्दै माधव नेपाल समूहप्रति व्यंग्य गर्नुभयो ।

प्रकाशित मिति : 20:41