२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

सस्तो लोकप्रियता कमाउने खालको बजेट आउँदैन: प्रधानमन्त्री ओली

९ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सस्तो लोकप्रियता कमाउने गरी बजेट नआउने बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत बजेट आउने बताउँदै विकास निर्माणलाई निरन्तरता दिए पनि कोभिड केन्द्रित बजेट ल्याउने बताउनुभयाे ।

बालुवाटारमा पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले भन्नुभयाे, ‘दुरगामी महत्वको बजेट आउँछ,’ ‘अर्थतन्त्रको भविष्यप्रति गैरजिम्मेवार भएर बजेट आउँदैन । विकास निर्माणलाई निरन्तरता दिन्छौं तर कोभिड केन्द्रित हुन्छौं । जनताको जनधनलाई प्राथमिकता दिन्छौं।’

उहाँले चुनावको मुखमा बजेट आउन लागेको भए पनि सस्तो लोकप्रियता कमाउने र चुनाव प्रभावित पार्ने बजेट नल्याउने बताउनुभयाे ।

प्रकाशित मिति : 16:09