२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

दोस्रो पटक मनाङेले लिए खेलकुद मन्त्रीकाे सपथ

९ जेठ, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले आइतबार मन्त्रीको सपथ लिनुभएकाे छ । प्रदेश प्रमुख सीता पौडेलले उहालाई पद तथा गोपनीयताको सपथ गराउनु भएकाे हाे ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघि वैशाख १६ मा मनाङेला युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त गर्नुभएकाे थियाे । वैशाख २६ गते मुख्यमन्त्रीले राजीनामा दिएसँगै उहा पनि पदमुक्त हुनुभएकाे थियाे । ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा फेरि मुख्यमन्त्रीमा नियुक्त भएपछि जेठ ५ मा मनाङलाई खेलकुद मन्त्रीमा दोहोर्‍याउनु भएकाे थियाे । सोही दिन भएको सपथ ग्रहणमा बाँकी ४ जना मन्त्रीले सपथ लिनुभए पनि मनाङे जिल्ला बाहिर रहनु भएकाले आइतबार एक्लै सपथ गराइएको हो ।

प्रकाशित मिति : 15:13