२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

संविधानको धारा ७६ (५) ले सांसदहरूलाई निदर्लीय बन्न छुट दिएको हो ?

९ जेठ, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५) ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो? भन्दै प्रश्न गर्नुभएकाे छ । अध्यक्ष थापाले आइतबार सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘के संविधानको धारा ७६(५) ले सांसदहरूलाई निदर्लीय बन्न छुट दिएको हो? दलीय अनुशासनविपरीत जाने स्वतन्त्रताा दिएको हो?’ क्षणिक स्वार्थले दलमा घात पुग्ने भन्दै उहाँले लेख्नुभएकाे छ, ‘यदि यो मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुन्छ। कुनै दल सुरक्षित रहन्न। क्षणिक स्वार्थ मात्र नहेरौँ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले आह्वान गरेबमोजिम १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्नुभएकाे थियाे । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको पनि दाबी गरेपछि दुवैमा समर्थन गर्ने सांसद दोहोरो परेको र विश्वासको मत प्राप्त गर्न सक्ने स्पष्ट आधार नदेखिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी चुनाव घोषणा गर्नुभएकाे छ । त्यसपछि विपक्षी गठबन्धन संसद् विघटनविरुद्ध सर्वोच्‍च अदालत जाने तयारीमा छ भने सरकार चुनावको तयारीमा लागेको छ।

प्रकाशित मिति : May 23, 2021 at 1:48 pm