माधव नेपाल पक्षका युवा नेता राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता
९ जेठ, काठमाडाैँ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट (एकीकृत) पार्टी दर्ता भएकाे छ । राईको नेतृत्वमा वैशाख ७ गते दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)को चुनाव चिह्न कलम प्रस्ताव गरिएको छ । नेकपा (एकीकृत) को उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहनुभएकाे छ । नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : 12:25









