२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

प्रधानमन्त्री पद माग्दै देउवा, प्रचण्ड र नेपाल जुलुशसहित सर्वोच्च जाँदै

९ जेठ, काठमाडौँ । प्रधानमन्त्री पद माग्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसको अभियानमा सरिक हुनुभएका एमालेका पूर्व नेता माधवकुमार नेपाल जुलुशसहित सर्वोच्च अदालत पुग्ने हुनुभएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि प्रधानमन्त्री बन्न नपाएको भन्दै तीनै नेता सर्वोच्चको शरणमा पर्न लाग्नुभएको ह । संसदबाट प्रधानमन्त्री हुने हिम्मत नदेखाउनुभएका उहाँहरू सर्वोच्च अदालतले प्रधानमन्त्री बनाइदिने आशाले जान लाग्नुभएको हो ।

उहाँहरूले त्यसअघि नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेर जुलुशको तयारी गथर्नुहुनेछ । त्यसका लागि सांसदहरूलाइ अहिले बिहान ११ बजे त्यहाँँ बोलाइएको छ।

प्रकाशित मिति : 10:00