२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

यी हुन् एमालेले स्पष्टिकरण साेधेका ११ नेता

८ जेठ, काठमाडाैँ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपालसहितका सांसदमाथि एमालेले कारवाही प्रक्रिया थालेको हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको स्थायी कमिटीको बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्याैपाने, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, कल्याणी खड्का, रामकुमारी झाँक्री र लक्ष्मी कुमारी चौधरीसँग लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

माधव नेपाल पक्षका २६ जना सांसदले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरुलाई स्पष्टीकरण नसोधिएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयाे ।

प्रकाशित मिति : 19:17